इटहरीः कामना सेवा विकास बैंक लिमिटेडले मोरङ जिल्लाको सुन्दरहरैंचा – १२, विराटचोकमा चैत २१ गते आफ्नो ८१ औं शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।

सो शाखाको बैंकका सञ्चालक बलराम बराल र प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकको भावी रणनीति र कार्यक्रमको बारेमा बस्नेतले प्रकाश पारेका थिए ।