दुहबीः सुनसरीको कोशी गाउँपालिका वडा नम्वर ४ स्थित जुद्धगञ्जमा शुक्रबार बिहान भएको आगलागी प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरिएको छ । सो आगलागीबाट ९ परिवारका ११ घर जल्दा २३ लाख ४२ हजार रुपैयाँबराबरको क्षति भएको थियो ।
युनाइटेड मिसन टु नेपाल सुनसरी क्लष्टरको सहयोग तथा सहभागी परिचालन केन्द्र दुहबीको सहकार्यमा राहत वितरण गरिएको हो । आगलागीप्रभावित ९ घर परिवारलाई करिब ५० हजार रुपैयाँ बराबरको राहत सामग्री त्रिपाल, झुल, तन्ना, सिरानी, म्याट्रेस र कम्बल वितरण गरिएको थियो ।
सुनसरी क्षेत्र नम्बर ४ का नेकपाका क्षेत्रीय अध्यक्ष अजय कुसियत, कोशी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष अमिन नेपाली मियाँ, पूर्व गाविस अध्यक्ष लतिफ मियाँले राहत सामग्री वितरण गरेका थिए ।