इटहरीः इटहरीमा केन्द्रीय कार्यालय रहेको सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले नाम परिवर्तन गर्ने भएको छ ।

हिजो इटहरीमा भएको संस्थाको साधारण सभाले संस्थाको नाम सपोर्ट लघुवित्त वित्तीय संस्था राख्ने निर्णय गरेको छ । त्यस्तै, साधारण सभाले हाल कायम चुक्ता पूँजीको ६६ दशमलव ६६ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै, नाफा, नोक्सान हिसाब र लेखा परीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायत प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ । आवश्यक परेमा उपयुक्त वित्तीय संस्थालाई गाभ्ने वा गाभिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी पनि साधारण सभाले दिएको छ । कम्पनीको हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।