बेलबारीः अघिल्लो हप्ता बारामा आएको हावाहुरी (टोर्नाडो) पीडितलाई बेलबारीका आधा दर्जनभन्दा बढी सङ्घ संस्थाले राहत सामग्री प्रदान गरेका छन् ।
बाराको फेटा गाउँपालिकाका टोर्नाडोपीडितलाई राहत वितरण गरेका छन् । बेलबारी उद्योग वाणिज्य सङ्घसहित बेलबारी जेसीज, लायन्स क्लबसहितका ९ वटा सङ्घ संस्थाले संयुक्त रूपमा शनिबार ३ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका हुन् ।
६५ विस्थापित परिवारलाई नगद ३ हजारको दरले राहत वितरण गरेको उद्योग वाणिज्य सङ्घ बेलबारीका अध्यक्ष योगेन्द्र सुवेदीले बताए । खाना पकाउन प्रयोग हुने भाँडा, कराइ, पन्यू, थाललगायतका सामग्री वितरण गरिएको सुवेदीले बताए ।