इनरुवाः सुनसरीको हरिनगर गाउँपालिका १ रामनगर भुटाहाका किसानलाई क्षेत्रीय कृषि अनुसन्धान केन्द्र (नार्क)का वैज्ञानिकले परामर्श दिएका छन् ।

कृषि वैज्ञानिकले किसानलाई अर्गानिक खेतीका लागि आग्रह गरेका छन् । वडाका ५० जना महिला र पुरुष किसानलाई अवलोकन, अध्ययन भ्रमणको क्रममा अर्गानिक खेतीका लागि आग्रह गरेका हुन् । सरकारी लगानी कृषिमा कम भएकाले किसानको कृषिप्रति बेवास्ता बढेकाले अर्गानिक खेतीका लागि वैज्ञानिकले आग्रह गरेको बताइएको छ ।

गाउँपालिकाको १ नम्बर वडाको सहयोग र नागरिक अधिकार संरक्षण मञ्च सुनसरीको आयोजनामा भएको अगुवा कृषक जिल्लान्तर अवलोकन, अध्ययन भ्रमणको क्रममा परामर्श दिएको बताइएको छ ।