विराटनगरः बारा र पर्साका हावाहुरी पीडितलाई मोरङ व्यापार सङ्घले राहत पठाएको छ । पीडित परिवारलाई राहत वितरण गर्न सङ्घले सङ्कलन गरेको विभिन्न राहत सामग्री नेपाली काङ्ग्रेस र तरुण दलमार्फत हस्तान्तरण गर्न पठाइएको बताइएको छ ।
सङ्घका अध्यक्ष पवनकुमार सारडाले २ लाख रुपैयाँ बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको बताए । सङ्घले १ हजार ९ केजी चामल, २ सय केजी दाल, ४ सय २० थान साबुन, तेल २ सय पोका, नुन २ सय केजी, आलु ३ सय केजी, ५० केजी प्याज, चाउचाउ ४ सय ५० प्याकेट, बिस्कुट ४ सय ३२ प्याकेट र चप्पल १ सय २० जोर पठाएको छ ।
सङ्घका तर्फबाट उपलब्ध गराइएको राहत सामग्री नेपाली काङ्ग्रेसकी प्रदेशसभा सदस्य बिन्दिया कार्की, महासमिति सदस्य रञ्जित झा, तरुण दलका जिल्ला अध्यक्ष सञ्जय थापा र विराटनगर सभापति सन्तोष न्यौपानेले बुझेका थिए ।