धरानः समस्याग्रस्त अरुण फाइनान्सलाई हाथवे समूहले सम्हालेपछि नाम परिवर्तन गरेको हाथवे फाइनान्सको २२ औं साधारण सभाले यसअघि घोषित १ सय ८० प्रतिशत हकप्रद बेच्ने प्रस्ताव रद्द गरेको छ ।
सो फाइनान्स ग्लोबल आईएमई बैंकमा विलय हुने भएपछि चुक्ता पूँजी बढाउने आवश्यकता नपरेको हुनाले हकप्रद रद्द गरेको बताइएको छ । साधारण सभाले आर्थिक वर्ष २०७४–०७५ को आर्थिक प्रतिवेदन पारित गर्दै आर्थिक वर्ष २०७५–०७६ को लागि बाह्य लेखापरीक्षकको नियुक्तिलाई पनि अनुमोदन गरेको जनाएको छ ।