इटहरीः प्रदेश नं १ सरकार र इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्था तथा निजी दुग्ध उद्यमीबीच धुलो दूध उत्पादनमा सहकार्य गर्ने सम्झौता भएको छ ।

दैनिक ५० हजार लिटर क्षमताको धुलो दूध कारखाना (पाउडर प्लान्ट) २९ करोड रुपैयाँको लागतमा निर्माण गर्ने सहमति भएको हो । इटहरी उपमहानगरपालिका वडा नं १ मा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाको निर्माणाधीन नयाँ प्रशोधन कारखाना सँगै पाउडर प्लान्ट निर्माण हुने भएको हो ।

बुधबार मुख्य मन्त्री शेरधन राईको उपस्थितिमा २० करोड प्रदेश सरकारको अनुदान सहयोग र ९ करोड कामधेनु र निजी डेरीको संयुक्त लगानीमा प्लान्ट जडान गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको कामधेनु दुग्ध विकास सहकारी संस्थाले जनाएको छ । पाउडर प्लान्ट निर्माणको व्यवस्थापन कामधेनुले गर्ने सहमति भएको कामधेनुले जनाएको छ ।

kaaaa