विराटनगरः उद्योग सङ्गठन मोरङ नेपाल उद्योग वाणिज्य महासङ्घको ५३ औं वार्षिक साधारण सभामा सम्मानित भएको छ ।
काठमाडौंमा बिहीबार भएको साधारण सभाको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला उद्योग वाणिज्य सङ्घको तर्फबाट उद्योग सङ्गठनलाई कदर पत्र प्रदान गरे ।
औद्योगिक, व्यावसायिक क्षेत्रको विकास तथा विस्तारमा सङ्गठनले पु¥याएको योगदानको कदर गर्दै महासङ्घको ५३ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा ओलीले सङ्गठनका अध्यक्ष भीम घिमिरेलाई सम्मान गरे ।