बेलबारीः बेलबारी नगरपालिकाले किसानलाई बोयर जातका पाठापाठी वितरण गरेको छ ।

परिश्रमी सामाजिक उद्यमी महिला सहकारी संस्था बेलबारी–७ को सहकार्यमा ११ वटा बोका तथा ४ वटा पाठी वितरण गरेको छ । नगरपालिकाको २ लाख ५० हजार तथा सहकारीको १ लाख ८२ हजार रुपैयाँको आर्थिक सहयोगमा उनीहरूलाई पाठापाठी वितरण गरिएको हो । सहकारी संस्थाकी अध्यक्ष गंगा श्रेष्ठका अनुसार स्थानीय जातका बाख्राको नश्ल सुधार गरी बाख्रापालन व्यवसायमा संलग्न किसानको आर्थिक स्तर उकास्न पाठपाठी वितरण गरिएको हो ।

ती पाठापाठी वितरण गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले मिहिनेती किसानलाई नगरपालिकाले सहयोग गर्ने बताए । नगरपालिकाले गरिबी न्यूनीकरणका लागि ‘गरीबसँग नगरपालिका’ कार्यक्रममार्फत् थप बोयर बोका वितरण गर्ने पनि उनले बताए ।