इटहरीः नयाँ वर्षको अवसरमा जग्दम्बा मोटर्स प्रालिले शून्य ब्याजदरमा अटो रिक्सा बिक्रीको स्किम ल्याएको छ । जगदम्बा मोटर्स इटहरीको आधिकारिक बिक्रेता नयन ट्रेडर्सले नयाँ वर्षको अवसरमा शून्य ब्याजदरमा टिभिएस अटो रिक्सा बिक्री स्किम ल्याएको हो ।
शून्य ब्याज दरमा सरल किस्तासहित ल्याएको स्किममा निःशुल्क फ्रिज पनि उपलब्ध गराउने जगदम्बा मोटर्सका बिक्री व्यवस्थापक कृष्ण घिमिरेले जानकारी दिए । नयाँ वर्षको उपलक्ष्यमा टिभिएसको तीन चक्के अटोरिक्साको खरीदमा फ्रिजसमेत उपहार दिने भएको हो ।
स्वरोजगारको अवसर दिलाउन शून्य ब्याजदरमा बिक्री शुरु गरिएको मार्केटिङ म्यानेजर सागर घिमिरेले बताए । त्यस्तै सिटी सफारीसँग अटो एक्सचेन्ज गर्न आउनेका लागि सफारीको न्यूनतम मूल्याङ्कन १ लाख रुपैयाँ गरिने पनि घिमिरेले जानकारी दिए ।