झापाः नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी डेरीले आफ्नो वार्षिकोत्सवमा २ जनालाई सम्मान गरेको छ ।
कार्यक्रममा वर्ष उत्कृष्ट कर्मचारीका रूपमा वरिष्ठ प्राविधिक सूर्यमणि गौतम र बजार प्रतिनिधि खडानन्द निरौलालाई नगद ५ हजार रुपैयाँसहित दोसल्ला र प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
अघिल्लो वर्ष उद्योगमा ह्रासकट्टी खर्च समेत लगभग ८० लाख घाटा रहेकोमा यस वर्ष चैतसम्ममा ८० लाख रुपैयाँ बचत गरेको जनाइएको छ । उद्योगको आज सम्पन्न चौथो वार्षिकोत्सवका अवसरमा संस्था सञ्चालक समिति सदस्य एवम् डेरी सञ्चालन समितिका कार्यवाहक संयोजक नारायणप्रसाद कोइरालाले समितिका तर्पmबाट प्रस्तुत गरेको प्रतिवेदनमा सो कुरा जनाइएको छ ।