इटहरीः धरान उपमहानगरपालिकाले लागतभन्दा बढी भुक्तानी गरेको महालेखा परीक्षकको प्रतिवेदनले जनाएको छ ।

महालेखाले हालै सार्वजनिक गरेको प्रतिवेदनमा लेखिएको छ, ‘धरान उप–महानगरपालिकाले एक खानेपानी आयोजनाको वैदेशिक मुद्रा भुक्तानीतर्फको मूल्य समायोजनको गणना गर्दा सम्झौताको शर्तबमोजिम प्रत्येक आइटमको भार अनुसार गणना गर्नुपर्नेमा कुल बिल रकमको आधारमा गणना गरेकाले १३ औं बिल अमेरिकी डलर १९ हजार ३२०.२३ को विनिमय दर रु.९९.२६ का दरले हुने रु.१९ लाख १८ हजार भुक्तानी हुनुपर्नेमा अमेरिकी डलर ३ लाख २२ हजार १७२.४९ को ९९.२६ को दरले रु.३ करोड १९ लाख ७९ हजार भुक्तानी गरेकाले बढी भुक्तानी गरेको रु.३ करोड ६१ हजार पछिल्ला बिलमा समायोजन गर्नुपर्दछ ।’