धरानः धरानको अर्बिन एण्ड ब्रदर्श अटोले बजाजको महामेला सञ्चालन गर्ने भएको छ ।विगत एक दशकदेखि धरान र आसपासका क्षेत्रमा बजाज कम्पनीका मोटरसाइकल बिक्री गर्दै आएको अर्बिन एण्ड ब्रदर्स अटोले नयाँ वर्षको अवसर पारेर ‘महा उत्सव महा एक्सचेन्ज मेला’ सञ्चालन गर्न लागेको अर्बिनले मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

अर्बिन अटो ब्रदर्सका प्रोप्राइटर अर्बिन तामाङले बजाज कम्पनीका मोटरसाइकलप्रति ग्रहकको बढ्दो विश्वास र आकर्षणकै कारण नेपालमै सबैभन्दा धेरै मोटरसाइकल बिक्री हुने कम्पनीको रूपमा बजाज स्थापित भएको बताए ।
प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार बजाज कम्पनीले ग्राहक वर्गको चाहनालाई ध्यानमा राखेर नयाँ वर्षको अवसरमा ‘महा उत्सव महा एक्सचेन्ज मेला’ सञ्चालन गर्न लागेको हो ।

IMG_5969 (1)

‘हरेक नेपालीले बजाज कम्पनीका मोटरसाइकल चढ्न सकून् भन्ने हाम्रो उद्देश्य हो’, प्रोप्राइटर तामाङले भने । उनका अनुसार कुद्दै नकुद्ने पुरानो मोटरसाइकलको पनि न्यूनतम मूल्य ३० हजार तोकेर बाँकी रकम नगद वा फाइनान्सको माध्यमबाट भुक्तानी गरी आफूले चाहेको मोटरसाइकल चढेर जान सकिनेछ । तत्काल पैसा नहुनेहरुका लागि मेलामा हुलास इन्भेष्टमेन्ट कम्पनीले सपोर्ट फाइनन्स गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार उक्त अवसरमा बजाज कम्पनीले भर्खरै लगाएको नयाँ वर्षको ‘उल्टो अफर’ समेत प्रदान गरिने छ । महामेला अवधिभर फ्रि चेकअप क्याम्प, हरेक टेष्ट ड्राइभमा आकर्षक उपहार, प्रत्येक मोटरसाइकल खरीदमा फ्रि हेलमेट, लेगगार्ड, बाइक कभर, बाइक वाक्स, ल्यापटप ब्याग उपहारस्वरूप अर्बिन एण्ड ब्रदर्स अटो धरानले दिने तामाङले बताए ।

मेला बैशाख ८ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने छ । मेला अवधिभर ३ सय वटा मोटरसाइकल बिक्री गर्ने उद्देश्य राखिएको बताइएको छ ।