इटहरीः इटहरीमा अजोड इन्स्योरेन्सको शाखा थपिएको छ । आजदेखि शुभारम्भ भएको शाखाको कम्पनी अध्यक्ष विनोदप्रसाद विष्ट र कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य सङ्घ इटहरीका कार्यवाहक अध्यक्ष शैलेशकुमार बिष्टले रिबन काटेर उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि विष्टले इटहरी व्यावसायिक हब बन्दै गएको भन्दै वित्तीय कम्पनी आउनुले आधुनिक शहरको परिचय थपिँदै गएको बताए । उनले विगतमा इटहरीको परिचय बस स्टेण्ड मात्र रहेको भन्दै अब भने धेरै व्यवसायीका लागि आकर्षणको थलो रहेको स्पष्ट भएको बताए ।
उनले इटहरी व्यवसायीको हब भए पनि धेरै व्यवसायीमा भने इन्स्योरेन्स गर्नुपर्छ भन्ने चेतनाको कमी रहेको बताए । नोक्सानी भएपछि मात्र इन्स्योरेन्सको महत्व हुने भन्दै ५० प्रतिशत व्यापारीले बीमा नगरेको पनि उनले जानकारी दिए । उनले सबै व्यवसायीसमक्ष पुगेर बीमा गर्ने अवधारणा लागू गराउन बीमा कम्पनीले पनि भूमिका खेल्नुपर्ने बताए ।
कम्पनीका अध्यक्ष विनोदप्रसाद विष्टले व्यक्तिको सम्पत्तिको रक्षा गर्ने बानीको विकास हुँदै गएको बताए । अजोड कम्पनी भरपर्दो र विश्वासिलो भएको उनको भनाइ थियो ।
पूर्वमा विराटनगर, बिर्तामोड र इटहरीमा कम्पनीले शाखा खोलेको इटहरी शाखा प्रमुख खगेन्द्र गिरीले जानकारी दिए । कार्यक्रममा पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, इटहरी प्रहरी प्रमुख समिरचन्द्र खरेललगायतकाे उपस्थिति रहेकाे थियाे ।