इटहरीः वातावरणमैत्री टेम्पो नेपाल भित्रिएको छ । डेल्टा इको नामक चिनियाँ कम्पनीद्वारा निर्मित टेम्पो इटहरीस्थित विनायक अटो इन्टरप्राइजेजले बिक्रीका लागि खुला गरेको जानकारी दिएको छ ।

१० जना यात्रु बोक्ने क्षमताको टेम्पो पहाडमा समेत गुड्न सक्ने क्षमता भएको छ । कम्पनीले २ वर्षसम्म ब्याट्री वारेन्टीको समेत सुविधा रहेको बताएको छ । १ पटक चार्ज गर्दा १ सय ५० किलोमिटर भन्दा बढी गुड्ने क्षमता रहेको टेम्पो पहाडी तथा ग्रामीण रुटमा एकदम प्रभावकारी हुने बताइएको छ । अन्य सफारी र टेम्पोभन्दा यात्रा गर्न सहज हुने कम्पनीको भनाइ छ ।

पेट्रोलबाट चल्ने टेम्पोभन्दा बढी किफायती रहेको र डिसब्रेक पनि भएको टेम्पोको गति ५० किलोमिटर प्रतिघण्टासम्म हुने बताइएको छ । पर्यावरणीय असरलाई कम गर्ने वातावरणमैत्री साधन भएको हुँदा धेरैको रोजाइमा पर्न सक्ने कम्पनीले विश्वास लिएको जनाएको छ ।