इटहरी: उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचन आउन अभैm दुई महिना बाँकी छ तरनिर्वाचनकोवातावरण उपमहानगरभरि तातिएको छ । दुईसमूहका उम्मेदवारहरू आ–आफ्ना चुनावी एजेन्डाहरु बोकेर उद्योगी–व्यपारीहरूका दैलोदैलोमा पुगिरहेका छन् ।
आगामी असार १४ गते हुनेसङ्घको निर्वाचनमा अहिले कार्यवाहक अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष शैलेसकुमार विष्ट र सदस्य भीम पौडेल आ–आफ्नो समूहका उम्मेदवार घोषणा गरी चुनावी मैदानमा दौडिएका छन् । चुनावी दौडमै विष्ट र पौडेल समूहलेसम्भावित मतदाताका फर्महरू नवीकरण र नयाँ दर्ताको कार्यपनि तीव्र गतिमा अगाडि बढाइरहेका छन् । उद्योगी–व्यपारीहरूका नेतालाई चुनाव लागेसँगै उपमहानगरका मुख्य–मुख्य बजार क्षेत्रमा यसपटकको निर्वाचनमा विष्ट वा पौडेल मध्ये कसले नेतृत्व हत्याउलान् भन्ने विषयमा चर्चा र विश्लेषण हुन थालेका छन् ।
इटहरी क्षेत्रका उद्योगी–व्यापारीहरूले कुन समूहका कुनकुन नेताले आपूmहरूको हितमा के–कस्तो भूमिका खेल्न सके र खेलिरहेका छन् भन्ने विषयलाई पनि सूक्ष्म ढङ्गले केलाइरहेका छन् । धेरैजसोले कुन समूहलाई मतदान गर्दा आपूmहरूका पीरमर्का नजिकबाट बुझेर समाधान गर्न सक्छन् भन्ने निश्कर्ष समेत निकाल्न थालिसकेका छन् । आजको अङ्कमा कोशीपत्र दैनिकले विष्ट समूहका उम्मेदवारहरूलाई नजिकबाट केलाउने प्रयास गरेको छ ।
विष्ट समूहका उम्मेदवार को–कस्ता ?
युवा व्यवसायीका रूपमा परिचित तथाइटहरी उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष भएर उपमहानगरभरिका उद्योगी–व्यापारीहरूको नेतृत्व गरिरहेका शैलेसकुमार विष्ट यस क्षेत्रका लागि परिचित व्यक्ति हुन् । वायरिङको कामबाट व्यापारमा लागेका उनले इटहरीमा सुरुमा इलेक्ट्रिक पसल सञ्चालन गरेका थिए । सो पसलको सफलतापछि शिशा पसल थालेका उनले अहिलेसम्म व्यवसाय परिवर्तन गर्नुपरेको छैन ।
लोकप्रिय युवा व्यवसायीमा दरिएका उनी उद्योग वाणिज्य सङ्घका ०६७,०७० र ०७३ सालमा भएका निर्वाचनमासबैभन्दा बढी मत पाएर निर्वाचित भएका थिए । ०६७र ०७० का निर्वाचनमा रोहित प्रसाईं अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
०७३ सालको निर्वाचनमा भने हालका प्रदेश १ का सांसद् लिलम बस्नेत अध्यक्षमा निर्वाचित भएका थिए । बस्नेत प्रदेश सांसद् बनेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी विष्टले पाएका हुन् । तीनवर्षे कार्यकाल हुने सङ्घका तीन निर्वाचनमा मतदाताहरूबाट अत्यधिक मत ल्याएर विजयी भएका विष्टले वरिष्ठ उपाध्यक्षको जिम्मेवारीसमेत पाएका हुन् ।
विष्टको समूहबाट उम्मेदवारी दिएका राजेन्द्रकेसरी घिमिरे हालको कार्यसमितिमा उद्योगतर्पm सचिवको जिम्मेवारीमा छन् । उनले राष्ट्रिय नुडल्स व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष र नेपाल घरेलु तथा साना उद्योग व्यवसायी सङ्घ सुनसरीका अध्यक्षको जिम्मेवारी पनि कुशलतापूर्वकवहन गरिरहेका छन् । अर्का उम्मेदवार कमल पौडेल किराना व्यवसायी सङ्घ सुनसरीका अध्यक्षसमेत हुन् । उनी इटहरी क्षेत्रमा मात्र नभई जिल्लाभरिका उद्योगी–व्यापारीहरूमाझ लोकप्रिय छन् ।
विष्ट समूहबाटै उम्मेदवारी दिएका राजन भेट्वाल नेपाल घरेलु तथा साना उद्योग व्यवसायी सङ्घ सुनसरीका कोषाध्यक्ष हुन् । हालका महासचिव टङ्क खनालपनि लोकप्रिय नेताभित्र पर्छन् । उनी वितरक सङ्घका केन्द्रीय उपाध्यक्षसमेत हुन् । अर्का उम्मेदवार उमानाथ दाहाल(उमेश) अहिलेका सचिव हुन् । उनले होटल व्यवसायी सङ्घ इटहरीको महासचिवको जिम्मेवारी पनि सफलतापूर्वक वहन गरिरहेका छन् । विष्ट समूहबाट उम्मेदवारी दिएका अर्का युवा व्यवसायी राजेश खनाल हुन् । उनी टेवा बचत तथा ऋण सहकारी सङ्घमा पनि आबद्ध छन् । उनले वितरक महासङ्घका केन्द्रीय सदस्य र इटहरी वितरक सङ्घको अध्यक्ष जस्तो जिम्मेवार स्थानमा बसेर पनि व्यापारीहरूको मन जितिरहेका छन् ।
अटो पार्टस् व्यवसायको क्षेत्रमा आपूmलाई स्थापित गराउन सफल भइरहेका सुरेश कार्की पनि विष्ट समूहका युवा उम्मेदवार हुन् । उनी अटो पार्टस् व्यवसायी सङ्घ इटहरीका अध्यक्षसमेत हुन् । सङ्घर्षबाट सफल युवा व्यवसायी बनीउदाहरण प्रस्तुत गर्ने ग्रील तथा स्टील व्यवसायी सङ्घको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका बज्र सुरज आङ्देम्बेपनि विष्ट समूहका अर्का दरिला उम्मेदवार हुन् । उनी ग्रील तथा स्टील व्यवसायी सङ्घ इटहरीका अध्यक्षसमेत हुन् ।
इटहरीमा रहेर लामो समयदेखि हार्डवेयर व्यवसाय गरिरहेका परिचित व्यवसायी भोला निरौला पनि यो समूहका अर्का सशक्तउम्मेदवार हुन् । उनी हार्डवेयर प्लाई तथा सेनेटरी व्यवसायी सङ्घ सुनसरीका अध्यक्षसमेत हुन् ।
इलेक्ट्रिक सामानको व्यवसायमा लागेर आपूmलाई स्थापित बनाउन सफल लक्ष्मी धिताल पनि यो समूहका अर्का दरिला युवा उम्मेदवार हुन् । उनी इलेक्ट्रिक व्यवसायी सङ्घ इटहरीका संस्थापक अध्यक्ष तथा हालका केन्द्रीय सचिवसमेत भएका व्यक्ति हुन् । यस समूहबाट उम्मेदवारी घोषणा गरेका फडिन्द्र मगर अर्का युवा व्यवसायी हुन् । उनी इटहरी क्षेत्रका उद्योगी–व्यपारीहरूमाझ लोकप्रिय बनेको अम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हुन् । अर्का उम्मेदवार रितेश श्रेष्ठ होटल व्यवसायी सङ्घ इटहरीका उपाध्यक्ष हुन् ।
अर्का व्यवसायी माधव न्यौपाने पनि यसै समूहका उम्मेदवार हुन् । उनी व्यवसायसँगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । उनी रोटरी क्लब अफ इटहरीका पूर्वसचिवसमेत हुन् ।
उद्योग वाणिज्य सङ्घ इटहरी वस्तुगत उपसमितिका संयोजक रञ्जु सिग्देल पनि यस समूहबाट महिलातर्पmकी उम्मेदवार हुन् । उनी नेपाल उद्यमशील महिला सङ्घ सुनसरीकी सदस्यसमेत छिन् । विभिन्न सामाजिक सङ्घ–संस्थामा आबद्ध भई सामाजिक कार्यमा समेत उनी उत्तिकै सक्रिय छिन् । विष्ट समूहकै अर्की महिला उम्मेदवार पुनम थापामगर इटहरीको धरान लाइनस्थित सुमेरु होटलकी सञ्चालिका हुन् ।
युवा व्यवसायी उद्योग वाणिज्य महासङ्घको युवा व्यवसायीहरूको भ्रातृसङ्गठनका रूपमा परिचित एनवाईईएफ इटहरीका अध्यक्ष रहेका सुदीप घिमिरे पनि विष्ट समूहका सदस्य पदका उम्मेदवार हुन् । उनीतीनवर्षअघिको निर्वाचनमा पनि निर्वाचित भएका थिए । यसै समूहबाट उम्मेदवारी दिएका युवा व्यवसायी देवराज मादेन तीन बर्षअघिको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर राम्रो मत ल्याई चर्चा कमाएका व्यवसायी हुन् । सामाजिक कार्यमा पनि सक्रिय उनी किरात याक्थुङ चुम्लुङ नगर समिति इटहरीका सल्लाहकारसमेत हुन् ।
मारवाडी समुदायमा लोकप्रिय मानिएका इटहरीका पुराना व्यपारीहरूको सूचीमा अग्रपङ्क्तिमा आउने व्यापारीमा किसन खेडियाको नाम आउँछ । उनी पनि यस समूहका एक दरिला उम्मेदवार हुन् ।