धरानः धरानमा आइतबारदेखि शुरु भएको बजाज कम्पनीको ‘महाउत्सव महाएक्सचेन्ज मेला’ मा हिजो सम्ममा १ सय २१ वटा मोटरसाइकल बिक्री भएका छन् ।

आयोजक तथा बिक्रेता अर्बिन एण्ड ब्रदर्स अटोका प्रोप्राइटर अर्बिन तामाङका अनुसार महामेला तथा एक्सेन्ज मेलामा उत्साहजनक सहभागिता भइरहेको छ ।

बजाज कम्पनीको आधिकारिक बिक्रेता अर्बिन एण्ड ब्रदर्स अटो धरानले धरान–८ सभागृह परिसरमा मेला आयोजना गरेको छ । मेलामा सबैभन्दा बढी २०० सीसीको पल्सर तथा एनएस र एभेन्जर २२० सीसीका मोटरसाइकल बिक्री भइरहेका छन् । मेला अवधिभर मोटरसाइकल एक्सचेन्ज, फाइनान्स र इन्स्योरेन्सको सुविधा दिइएको छ ।

मोटरसाइकल नचल्ने भए पनि बिलबुक मात्र ल्याएको मोटरसाइकलको न्यूनतम मूल्य ३० हजार रुपैयाँ तोकिएको छ । कुनै पनि सरकारी करसमेत ग्राहकले तिर्नुनपर्ने कम्पनीले जनाएको छ । मेला बैशाख १३ गतेसम्म चल्ने छ ।

मेलामा फ्रि चेकअप क्याम्प, हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार, प्रत्येक मोटरसाइकल खरीदमा निःशुल्क हेलमेट, लेगगार्ड, बाइक कभर, वाक्स र ल्यापटप ब्याग उपहार दिइने उनले बताए ।

‘हामीले मेलामा ग्राहकलाई सहजता र सरलता उपलब्ध गराएका छाँै,’ हरेक नेपालीले मोटरसाइकल चढ्न सकून् भन्ने हाम्रो चाहना हो प्रोप्राइटर तामाङले भने ।