इटहरीः गत फागुन १० गते १७ औं स्थापना दिवस मनाएको दुर्गा बचत तथा ऋण सहकारी संस्था इटहरीले बैशाख ११ गते धरान सेवा केन्द्रको पाँचौं स्थापना दिवस मनाएको छ ।

सुनसरी बचत सङ्घकी उपाध्यक्ष बिमला प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष कुबेरप्रसाद शर्मा, निवर्तमान अध्यक्ष टीकाप्रसाद दाहाल र लेखा समिति संयोजक खेमराज भट्टराई विशिष्ट अतिथिको रुपमा रहेका थिए ।

संस्थाका सचिव तथा धरान सेवा केन्द्रका प्रमुख उमेश पौडेलले अध्यक्षता गरेको सो कार्यक्रममा संस्थाका व्यवस्थापक कुमार निरौलाले संस्थाको शेयर लाभांश वितरण नीति, बचत नीतिलगायतका विषयमा प्रष्ट पारेका थिए ।

संस्थाले सञ्चालन गरेका बचतका योजना तथा संस्थाको हालसम्मको आर्थिक अवस्थाको बारेमा पनि उनले जानकारी गराएका थिए । संस्थाका अध्यक्ष शर्माले साढे ४ करोडको अचल पूँजीसहित लगभग ६० करोडको कारोबार गर्न संस्था सफल भएको बताए ।

शेयर सदस्यलाई शैक्षिक छात्रवृत्ति, बेखर्ची ऋण सुविधा, सुत्केरी भत्ताजस्ता सेवा सुविधा दिँदै आएको उनले बताए । ७० वर्ष पुगेका सम्पूर्ण शेयर सदस्यलाई मासिक ५०० रुपैयाँका दरले बाँचुञ्जेल खाजा खर्च दिने जस्ता महत्वपूर्ण योजनाका लागि संस्थाले गृहकार्य गरिरहेको उनको भनाइ थियो ।

धरान सेवा केन्द्रमार्फत् २ सय १५ जना शेयर सदस्य रहेको सेवा केन्द्रका व्यवस्थापक नवराज पोख्रेलले बताए । प्रमुख अतिथि प्रधानले संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेकी थिइन् । सहकारीमा महिलाको संलग्नता र सहकारी अभियानमा महिलाको भूमिकाको बारेमा उनले आफ्ना धारणा राखेकी थिइन् ।

कार्यक्रममा सञ्चालक समिति सदस्य तथा ऋण उपसमिति सदस्य छविनाथ सुवेदीले संस्थाको ऋण नीतिको बारेमा जानकारी गराएका थिए भने लेखा संयोजक खेमराज भट्टराईले लेखा समितिको तर्फबाट संस्थाको समग्र स्थितिको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा बजार प्रतिनिधि, उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणीहरूलाई सम्मान गरिएको थियो ।

durga sacos  (2)