धरानः धरानको मितेरी डेभलपमेन्ट बैंकले आफ्नो १८ औँ शाखा वराहक्षेत्र नगरपालिकाको प्रकाशपुरमा खोलेको छ ।
शाखा कार्यालयको वराहक्षेत्र नगरपालिकाका प्रमुख नीलम खनालले उद्घाटन गर्दै नगर र नगरवासीको आर्थिक विकासमा बैंकले सहयोग र सहजता दिने विश्वास व्यक्त गरे ।
हरेक नागरिकलाई सँगसँगै जोड्ने नीतिअनुसार आफूहरूले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर शाखा बिस्तार गरेको बैंकका कार्यकारी निर्देशक तुलसीप्रसाद वस्तीले जानकारी दिए ।
बैंकले शाखा उद्घाटनको अवसर पारेर प्रकाशपुरको प्रकाशपुर उच्च माविलाई १–१ थान ल्यापटप र प्रोजेक्टर समेत प्रदान गरेको छ । ‘हामीले विद्यालयका कक्षाहरू स्मार्ट बनून् भन्ने उद्देश्य राखेर कम्प्युटर दिएका हौँ’, वस्तीले भने ।
बैंकको शाखा विस्तारसँगै मितेरीले प्रकाशपुरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर समेत चलाएको थियो । रोटरी क्लब अफ धरान घोपा, रोट्याक्ट क्लब अफ धरान घोपा र मितेरी विकास बंैकको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ४ सय २५ जनाको स्वास्थ्य परीक्षण गरिएको बैंकले जनाएको छ ।