इटहरीः गरिमा विकास बैंकले गत शनिबार वराहक्षेत्र नगरपालिका वडा नं.३ नडाहमा वित्तीय साक्षरता तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सो वडाका अध्यक्ष रुद्र दाहालले आर्थिक समद्घि र समुन्नतिमा बैंक तथा वित्तीय संस्थाको प्रमुख भूमिका रहने उल्लेख गरे । उनले बैंकले अझै उन्नति र प्रगति गर्ने सम्भावना रहेको औँल्याए ।

‘सबै नेपालीको बैंक खाता’ भन्ने सरकारको अभियानलाई सार्थकता दिन यस प्रकारको कार्यक्रम गर्दै आएको बैंकले जनाएको छ ।