इटहरीः जग्दम्बा मोटर्स प्रालिले टीभीएसका गाडीको खरीदमा उपहारको व्यवस्था गरेको जनाएको छ । नयाँ वर्षको अवसर पारी उपहार सार्वजनिक गरेको जगदम्बा मोटर्स प्रालिले जनाएको छ ।
शून्य प्रतिशत ब्याजदर र सरल किस्ताका साथै न्यूनतम डाउनपेमेन्ट घट्दो ब्याजदरको अफर बजारमा ल्याएको बताइएको छ ।
ग्राहकको भविष्यलाई सुनिश्चित गर्दै प्रत्येक टीभीएस किङको खरीदमा २५ लाख रुपैयाँ बराबरको आकस्मिक बीमा र ५ लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा प्रदान गर्दै आएको इटहरी शाखाका सेल्स म्यानेजर कृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार हेरेक टीभीएस किङ डिलक्सको खरीदमा १ वर्षको वारेन्टी तथा ४० हजार किलोमिटर सम्म वारेन्टी प्रदान गरिएको छ ।
‘टीभीएस थ्री ह्वीलर्स’ को खरीदमा फ्रिज उपहारको व्यवस्था रहेको घिमिरेले जानकारी दिए । यो व्यापार मात्र नभएर स्वरोजगारको पहिलो पाइला भएको र सयौँ ग्राहकलाई स्वरोजगार बनाउन सफल भएको उनले बताए ।
साथै सिटी रिक्सा एक्सचेन्ज गर्न आउने ग्राहकलाई न्यूनतम १ लाख मूल्याङ्कन राखिएको पनि उनले बताए ।
उत्कृष्ट माइलेज, उत्कृष्ट शक्ति र उत्कृष्ट आम्दानी भएका कारण टीभीएस अटो किङ ग्राहकको प्रमुख रोजाइमा परेको उनको भनाइ छ । हेन्डिलमा भएको ब्याक गियर तथा ग्राउन्ड क्लियरेन्स बडीका कारण यो उपयोगी देखिएको उनले बताए ।