उर्लाबारीः मोरङको उर्लाबारीमा स्थापित नारी सङ्कल्प बचत तथा ऋण सहकारी संस्था लि.को १३ औं वार्षिक स्थापना दिवसको अवसरमा आइतबार असल ऋणी र उत्कृष्ट बचतकर्तालाई सम्मान गरिएको छ ।
संस्थाकी अध्यक्ष सीता कार्कीको सभापतित्व एवम् नेपाल बचत तथा ऋण सहकारी संस्था केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का केन्द्रीय सञ्चालक चण्डी शर्मा पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा असल ऋणी र उत्कृष्ट बचतकर्तालाई सम्मान गरिएको थियो भने ३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको सचिव निर्मला घलेले जानकारी दिइन् । त्यस्तै, सोही अवसरमा ५ जना ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो ।