झापा: अवैध रूपमा नेपाल आयात हुँदै गर्दा काँकरभिट्टा प्रहरीले करीब ३ लाख रुपैयाँ मूल्य बराबरको सामान पक्राउ गरेको छ । मेचीनगरका विभिन्न नाकाबाट प्रहरीको आँखा छलेर सामान भित्रियाउँदै गरेको अवस्थामा २ लाख ९८ हजार रुपैयाँ मूल्य बराबरका सामान इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले बरामद गरेको प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए ।

उनका अनुसार ६३ बोरा मटर, कपडा, मोटर पार्टस, खाद्यान्न तथा पेयपदार्थ बरामद भएको हो । बरामद भएका सबै सामान आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको ठाकुरले जानकारी दिए । केही दिनदेखि पूर्वी नाबाबाट मटरको अवैध धन्दा फस्टाएको छ ।