इटहरीः इटहरीस्थित बीपी चोकमा रविको ठमेल मम तथा आइसक्रिम पार्लर सञ्चालनमा आएको छ । पसलको बुधबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ । इटहरीका व्यवसायी होम ढकालले पसल सञ्चालनमा ल्याएका हुन् ।

रवि होटल एण्ड सेकुवा घर सञ्चालन गर्दै आएका ढकालले सेकुवा घरभन्दा पहिले फ्रेस हाउस र वाइन हाउस सञ्चालन गरेको उनले बताए । ती दुवै व्यवसायको सफलतापछि मम तथा आइसक्रिम पसल सञ्चालनमा ल्याएको उनले बताए ।

काठमाडौंका चर्चित मम पसलको स्वाद इटहरीमा नै चखाउन यस्तो व्यवसाय सञ्चालनमा ल्याएको उनले बताए । ८ लाख रुपैयाँको लगानीमा व्यवसाय सञ्चालनमा ल्याएको उनले बताए ।