विराटनगरः सुनसरीको देवानगञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो सेवा विस्तार गरेको छ । पालिकास्तरमा सेवा दिने गरी बैंकले सेवा शुरु गरेको हो ।

एक औपचारिक कार्यक्रमका बीच आइतबार इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे र देवानगञ्ज गाउँपालिकाकी उपप्रमुख पुनितादेवी यादवले संयुक्त रूपमा शाखा कार्यालय उद्घाटन गरे ।

त्यस अवसरमा पाण्डेले ग्रामीण भेगमा समेत बैंकको पहुँच बढाउन सेवा बिस्तार गरिएको जानकारी दिए । बैंकले केही समयपछि नै देवानगञ्जमा एटिएम मेसिनसमेत सञ्चालन गर्ने गरी सेवा बिस्तार गर्ने बताइएको छ । खासगरी कृषि, उद्यमशील तथा अन्य कर्जाको समेत सेवा दिइने बताइएको छ ।