तस्बिरः लक्ष्मण थापा

धरानः धरान–२ स्थित गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ आँै स्थापना दिवसको अवसरमा धरानस्थित सैनिक भवनमा विभिन्न सामाजिक उतरदायित्वपूर्ण कार्यक्रम गरेको छ ।

कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए । त्यस्तै, १ सय ७१ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख एवं मुटु तथा मृगौला विशेषज्ञ डाक्टर सञ्जीवकुमार शर्माको नेतृत्वको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।

त्यस्तै, सोही कार्यक्रममा महिला र पुरुष गरी ७ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि गोरखा बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष कृष्णराज लिम्बू, विशिष्ट अतिथिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डाक्टर सञ्जीवकुमार शर्मा रहेका थिए । संस्थाका प्रबन्धक निर्देशक विपिन सुब्बा, संस्थापक सदस्य एवं निवर्तमान अध्यक्ष गजेन्द्र इस्वो र शिवदेवी राईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मानबहादुर राईले गरेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव पर्शुराम राईले गरेका थिए ।