भोजपुरः भोजपुर बजारस्थित पोखरे लाइनमा बिहीबार भएको आगलागीका पीडितलाई शुक्रबार राहत रकम बाँडिएको छ ।
उद्योग वाणिज्य सङ्घ भोजपुरको पहलमा भोजपुर बजार क्षेत्रमा दिउँसो सङ्कलन गरेर जम्मा गरिएको १ लाख २६ हजार २ सय रुपैयाँ आगलागीपीडित बखत श्रेष्ठ र उनको घरमा डेरा गरी बस्ने समेतलाई बाँडिएको सङ्घका महासचिव नवीन प्रधानले बताए ।
सङ्कलित रकममध्ये बखत श्रेष्ठलाई ५० प्रतिशत अर्थात् ६३ हजार १ सय राहतस्वरूप प्रदान गरिएको थियो । त्यस्तै डेरामा बस्ने र छिमेकी २ घरसमेत गरी १० जनालाई ६ हजार ३ सय १० रुपैयाँका दरले राहत दिइएको छ । बिहीबार दिउँसो बखत श्रेष्ठको घरमा बसेका डेरावालको कोठाबाट शुरु भएको आगोले ५२ लाख बढीको क्षति पुगेको थियो ।