इटहरीः स्वप्निल ब्युटीपार्लर सेन्टर इटहरीमा समृद्धि नेपालको सहकार्यमा ब्युटीसियनसम्बन्धी ६५ दिने तालीम मङ्गलबार शुरु भएको छ ।

हेल्भाटास नेपाल र एमएसईडी प्रालिको सहयोगमा शुरु भएको तालीममा २० जना प्रशिक्षार्थी रहेका छन् । स्वरोजगारको बाटो खुल्ने दिशामा तालीम सहयोगी हुने इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।

तालीमका सहभागीलाई मल्टि स्किल तथा इन्भारोमेन्ट डेभलपमेन्ट प्रालिका विकास खनालले सहजीकरण गरिरहेका छन् ।