इटहरीः सेवाग्राहीसँग घुस लिएको भन्दै इटहरीका मेयर द्वारिकलाल चौधरीले सब ओभरसियर राम खड्कालाई नगरपालिका परिसरबाट गलहत्याउँदै निकालेका छन् ।
एक जना सेवाग्रहीको घर सम्पन्न गर्दा घुस लिएको गुनासो मेयरसँग आएको हुँदा उनले आइन्दा नगरपालिका नआउनू भन्दै निकालेको एक प्रत्यक्षदर्शीले प्रदेश पोर्टललाई जानकारी दिएका छन् ।
मेयर चौधरीले कठालो समाउँदै घुस्याहालाई नगरपालिका प्रवेश निषेध भन्दै गेटसम्म घोक्र्याउँदै पुर्याएका थिए । मेयर चौधरीले खड्कालाई जागिरबाट हटाएको जिकिर गरेका छन् । खड्काले घुस लिएको प्रमाणित भएको हुँदा आफूले कार्यालयबाट निकालेको मेयर चौधरीले स्पष्ट पारे ।