इटहरीः नयाँ वर्षको अवसर पारेर तिरुपति अटो सेन्टर इटहरीमा प्रत्येक मोटरसाइकल तथा स्कुटरको खरीदमा स्क्र्याच कार्डमार्फत् ५ हजारदेखि १ लाख रुपैयाँसम्म छुट पाउने व्यवस्था भएको अटो सेन्टरका सञ्चालक संयोग पराजुलीले बताए ।

त्यस्तै, तिरुपतिबाट हप्ताभर सवारी साधन खरीद गर्नेमध्येबाट प्रत्येक आइतबार १ जनालाई लक्की ड्रमार्फत् ५ ग्राम सुन दिइराखिएको पराजुलीले बताए ।

यसैबीच, जेठ ५ गतेदेखि १० गतेसम्म एक्सचेन्ज अफर पनि रहेको उनले बताए । सो अफरमा पुराना सवारीको न्यूनतम मूल्यमा थप १५ हजार रुपैयाँ जोडेर मूल्याङ्कन गरिने पनि पराजुलीले बताए ।

जापानी टेक्नोलोजीको भारतमा बनेको यमाहाको सवारी खरीद गर्दा एक्सचेन्ज अवधिभर थप उपहार पनि दिइने उनले बताए । प्रत्येक खरीदमा हेलमेट, लेगार्ड, बाइक कभर, पञ्जा, म्याट, ब्याग पाउने पनि उनले बताए ।