इटहरीः भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासलाई बढी महत्व दिँदै आगामी आर्थिक वर्षका लागि प्रदेश नं १ ले ४५ अर्बभन्दा बढीको बजेट ल्याउने भएको छ । चालु आर्थिक वर्षमा प्रदेश नम्बर १ सरकारले ३५ अर्बको बजेट ल्याएको थियो ।
सङ्घीय सरकारबाट सशर्त आउने अनुदानको टुङ्गो नलागेकाले सो रकम नगाभिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव जीवन सिटौलाले बताए । उनका अनुसार प्रदेश सरकारले भौतिक पूर्वाधार र सामाजिक क्षेत्र विकासअन्तर्गत शिक्षा, स्वास्थ्यजस्ता विषयलाई प्राथमिकतामा राखेको छ ।