धरानः धरानमा आज दिउँसो भएको अज्ञात व्यक्तिले गोली प्रहार गरी वित्तीय संस्थाका कर्मचारीबाट ४ लाख रुपैयाँ लुटेका छन् । धरान –५ साउनेमा भएको गोली प्रहारबाट जीवन विकास वित्तीय संस्थाका कर्मचारीको नगद लुटिएको हो ।

सो संस्थाका कर्मचारी शम्भु गच्छदार घाइते भएको र उनको हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएकोे छ ।