धरानः धरान–६ स्थित पानबारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय खुलेको छ । पानबारीमा खुलेको सो शाखा बैंकको २ सय १९ औं शाखा शाखा हो । शाखाको १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । योसहित धरानमा राष्ट्रिय वाणिज्य बैंकका २ वटा शाखा कार्यालय भएका छन् ।

बैंकका क्षेत्रीय प्रमुख रिसब कोइरालाका अनुसार ग्रामीण क्षेत्रका बासिन्दालाई पनि बैंकिङ सुविधा दिने उद्देश्यले शाखा कार्यालय खोलिएको हो ।

सरकारले सबै नागरिकको पहँुचमा बैंकहरू पु¥याउने नीतिअनुसार बैंकको शाखा बिस्तार गरिएको क्षेत्रीय प्रमुख कोइरालाले बताए ।

प्रदेश १ मा १ सय ३७ वटा स्थानीय तहमध्ये ७६ वटा स्थानीय तहमा सो बैंकका शाखा रहेको उनले. बताए । कार्यक्रमा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री शेरधन राईले हरेक नागरिकमा बैंकको पहुँच पु¥याउने पक्षमा सङ्घीय सरकार र प्रदेश सरकार रहेको बताए ।