धरानः सुनसरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदका लागि विजय श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् । उनलाई नेपाली काङ्ग्रेसले समर्थन गरेको बताइएको छ ।
विभिन्न ३५ बँुदे एजेण्डा अगाडि सार्दै उनले बुधबार उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा कार्यक्रममा बोल्दै श्रेष्ठले आफ्नो २० वर्षे व्यावसायिक अनुभवलाई संस्थागत हितका लागि प्रयोग गर्ने जनाएका छन् । राष्ट्रिय सङ्कल्प ‘समृद्ध नेपाल, सुखी नेपालीको मूल नारालाई आत्मसात गर्दै कृषि, पर्यटन, उद्योगजस्ता क्षेत्रको व्यावसायिक विकासका लागि आफू लागि पर्ने उनको प्रतिबद्धता छ ।
उद्योगी तथा व्यापारीहरूको नीतिगत तथा व्यावहारिक समस्याहरूलाई समाधान गर्दैै समग्र क्षेत्रको आर्थिक विकासको नेतृत्व रहने गरी आफूले काम गर्ने उनको भनाइ छ ।
जेठ २७ गते हुने सुनसरी उद्योग वाणिज्य सङ्घको चुनावका लागि व्यापारी गिरिधारी सापकोटाले यसअघि नै उम्मेद्वारी घोषणा गरिसकेका छन् । उनलाई धरानका पुराना व्यवसायी तथा नेकपाको साथ छ ।