बिर्तामोडः एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आजदेखि बिर्तामोडमा दुई दिवसीय प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले उद्घाटन गरेको प्रशिक्षण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलसहित विभागीय प्रमुखहरूले सहजीकरण गरिरहेका छन् ।
बैंकले पछिल्लो समय कर्मचारीको वृत्ति विकासका लागि साप्ताहिक रूपमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिरहेको छ । प्रशिक्षणमा विभिन्न ३१ शाखाका अपरेसन फाँटमा कार्यरत १ सय जनाभन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो ।
यसअघिका प्रशिक्षण अपरेसनसँग सम्बन्धित रहे पनि अबका प्रशिक्षणहरू कर्जा प्रवाह, वित्तीय चुनौती र समाधानका साथै पछिल्लो समय राष्ट्र बैंकद्वारा जारी विभिन्न नीति तथा सर्कुलरका विषयमा केन्द्रित रहने बताइएको छ । प्रशिक्षणमा कर्जा फाँटमा कार्यरत ८० भन्दा बढी कर्मचारीको सहभागिता रहेको छ ।