इटहरीः आउँदो असार १४ गते हुन गइरहेको उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनका लागि व्यवसायीका २ प्यानलका नेताले सामूहिक रूपमा मतदाताहरूकहाँ पुगेर आफ्ना कुरा राख्दै मत माग्ने क्रम बढीरहेको छ । इटहरीमा मेयर प्रकरणले अन्तरर्राष्ट्रिय जगतसम्म पुगेर चर्चा कमाइरहेको बेला इटहरीका उद्योगी व्यवसायीहरू भने आफ्नो प्यानललाई विजयी गराउन निरन्तर खटिरहेका छन् ।

दुई प्यानलमध्ये भीमबहादुर पौडेलको प्यानलले आफ्नो सङ्कल्पपत्रसहित आधिकारिक रूपमा आफ्ना उम्मेद्वारलाई सार्वजनिक गरिसकेको छ । शैलेश बिष्ट प्यानलले पनि चुनावी घोषणापत्रसहित आफ्ना उम्मेद्वारहरूलाई मतदाताबीच औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ ।

उद्योगी, व्यवसायी र समाजसेवीका रूपमा परिचित भीमबहादुर पौडेलको प्यानलमा वाणिज्यतर्फका उम्मेद्वार यस्ता रहेका छन् ।

itahari uba sangh  (3) पौडेलको प्यानलबाट इटहरीका पुराना व्यवसायी समाजसेवी अनिल सुब्बा (काका)ले वाणिज्य तर्फबाट उम्मेद्वारी दिएका छन् । उद्योग वाणिज्य सङ्घ इटहरीका वर्तमान सदस्यसमेत भएका उनले ३ वर्षअघिको निर्वाचनमा निकै राम्रो मत ल्याएर विजय हासिल गरेका थिए । उनको इटहरीको मुख्य बजार क्षेत्रमात्र नभई आसपासका बजारमा पनि निकै राम्रो पकड छ ।

किड्स हाउस सपिङ सेन्टरका सञ्चालक रहेका उनी विभिन्न सामाजिक सङ्घ संस्थामा समेत आबद्ध छन् । नेपाल रेयुकाईका पूर्वाञ्चल सल्लाहकार, मेन्याङ्बो कल्याणकारी सङ्घका केन्द्रीय सदस्य रहेका उनी रेडिमेड व्यवसायी सङ्घका कोषाध्यक्षसमेत हुन् ।

इटहरीका पुराना व्यक्ति, समाजसेवी र सफल व्यवसायीका रूपमा परिचित विष्णुप्रसाद रिजाल पनि पौडेल प्यानलका वाणिज्यतर्फका अर्का दरिला उम्मेद्वार हुन् । इटहरीमा पार्टी प्यालेसको अवधारणा भित्र्याउने रिजाल लायन्स क्लबका सदस्य हुन् । जीवन विज्ञान केन्द्र इटहरीका पूर्व अध्यक्षसमेत रहेका उनी निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माण समितिका अध्यक्ष समेत हुन् ।
व्यवसाय र समाजसेवाको लामो अनुभव भएका र व्यवसायीबीच परिचित भएकाले रिजालले चुनावमा बाजी मार्ने दाबी गरिएको छ ।
पौडेल प्यानलबाटै वाणिज्य तर्फका उम्मेद्वार बनेका अर्का युवा व्यवसायीको नाम हो, नवराज काफ्ले । उनी पनि लगातार उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा विजयी हुँदै आइरहेका युवा व्यवसायी हुन् । हालको कार्यसमिति सदस्य रहेका उनी पशुपति इँटा उद्योग, गेष्ट हाउस र पशुपति टे«ड एण्ड सप्लायर्सका सञ्चालक हुन् ।

होटल व्यवसायी सङ्घ इटहरीका कोषाध्यक्ष समेत रहेका उनी कोशी इँटा व्यवसायी सङ्घका समेत कोषाध्यक्ष हुन् । उनी नेपाल रेडक्रस सोसाइटी, इटहरी जेसीज, रोटरी क्लब, लियो क्लबलगायत सामाजिक संघ संस्थामा आबद्ध छन् । ती संस्थाबाट उनी निरन्तर सामाजिक सेवामा लागि परिरहेका छन् । यसपटक पनि आम मतदाताहरूले आफूलाई माया गरी अधुरा काम पूरा गर्ने अवसर प्राप्त गर्ने उनको विश्वास छ ।

वाणिज्यतर्फका अर्का उम्मेद्वारको नाम हो, पीताम्बर पोखरेल । प्रवेश कृषि टे«ड एण्ड सप्लायर्सका सञ्चालक उनी दरिला उम्मेद्वार हुन् । सामाजिक कार्य भनेपछि मरिहत्ते गर्ने उनी इटहरीका उद्योगी व्यवसायीबीच लोकप्रिय छन् । ३ वर्षअघिको निर्वाचनमा राम्रो मत पाएका उनले यसपटक निर्वाचनमा आफूलाई अमूल्य मत दिएर विजयी गराउन आम मतदातालाई आग्रह गरेका छन् । उनले आफू गफमा भन्दा पनि काममा बढी विश्वास गर्ने भएकाले आफू विजयी भए पनि नभए पनि उद्योगी व्यवसायीहरूको हितमा उभिने प्रतिबद्धता जनाएका छन् ।

उनी पचरुखी युवा क्लब इटहरी–५का अध्यक्षसमेत हुन् । त्यति मात्रै होइन, हिमाली सहकारीका अध्यक्ष, लायन्स क्लब अफ इटहरीका सचिव, रेडक्रसका आजीवन सदस्य समेत उनी हुन् । उनी अन्य सामाजिक सङ्घ संस्थामा आबद्ध भई सामाजिक सेवाको कार्यमा पनि उत्तिकै सक्रिय भइरहने व्यवसायी हुन् ।
इटहरीलाई पर्यटकीय क्षेत्रबाट विकास गर्नका लागि देश विदेशमा बहस चलाउने र होटल व्यवसायलाई मर्यादित व्यवस्थित बनाउन निरन्तर लागि परिरहेका होटल व्यवसायी संघ इटहरीका अध्यक्ष समेत रहेका जीवन पराजुली पौडेल प्यानलका अर्का दरिला वाणिज्य तर्फका उम्मेद्वार हुन् । पुराना व्यवासयीका रूपमा परिचित उनी होटल इन टुरिष्ट प्यालेसका सञ्चालक समेत हुन् । नेपाल जेसीजका पूर्व केन्द्रीय उपाध्यक्ष समेत भइसकेका उनी लायन्स क्लब अफ इटहरीका पूर्व अध्यक्षसमेत हुन् । उनले आउँदो निर्वाचनमा वाणिज्य तर्फबाट सदस्य पदमा बाजी मार्ने दाबी गरिएको छ ।

उमेरले पाको भए पनि इटहरीका पुराना तथा नयाँ पुस्ताका व्यवसायीहरूले चिनेका अभिभावकसरहका व्यक्ति रामकुमार श्रेष्ठ पनि पौडेल प्यानलबाट वाणिज्यतर्फका सदस्य पदका उम्मेद्वार हुन् । कमला कोल्ड सेन्टरका सञ्चालक रहेका उनी रेडक्रसका आजीवन सदस्य हुन् । उद्योग वाणिज्य सङ्घ इटहरीको समेत आजीवन सदस्य रहेका उनी होटल व्यवसायी सङ्घ इटहरीका सदस्य समेत हुन् । पुराना स्थापित व्यवसायी भएको नाताले उनले पनि विजय हासिल गर्ने दाबी गरिएको छ ।

इटहरीका विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध खगेन्द्र विमली वाणिज्यतर्फका अर्का सशक्त उम्मेद्वार हुन् । पाथीभरा मार्केटिङका सञ्चालक उनी रेडक्रस र वाणिज्य सङ्घका आजीवन सदस्य हुन् । सामाजिक कार्यमा उत्तिकै लागिपर्ने उनी लायन्स क्लब अफ इटहरी ग्रीन सिटीमा आबद्ध छन् । नेपाल कस्मेटिक तथा मनिहारी सङ्घ इटहरीका सल्लाहकारसमेत रहेका उनि इटहरी वितरक सङ्घका कोषाध्यक्षसमेत हुन् ।

सपना गोल्डसँगै ४ वटा व्यावसायिक कम्पनीका सञ्चालक राम हृदय राय (राजु) पनि पौडेल प्यानलका अर्का दरिला वाणिज्य तर्फका उम्मेद्वार हुन् । गणेश मन्दिर इटहरी १० का अध्यक्ष रहेका उनी मनिहारी तथा कस्मेटिक व्यवसायी सङ्घका संस्थापक सदस्य समेत हुन् । वाणिज्य सङ्घको निर्वाचनमा उनी नयाँ अनुहार भए पनि व्यवसायीबीच राम्रो सम्बन्ध भएकाले उनी आफूलाई मतदाताले मतदान गर्नेमा विश्वस्त छन् ।

पौडेल प्यानलका वाणिज्य तर्फका अर्का उम्मेद्वारको नाम हो, अशोक अग्रवाल (मोर) । उनी इटहरीकै पुराना स्थापित व्यवसायीका रूपमा सबैसामु परिचित छन् । उनले पनि यस पटकको निर्वाचनमा आफूलाई मतदान गर्न सबैलाई आग्रह गरेका छन् । पूजा प्लाइ हाउसका सञ्चालक उनी विभिन्न व्यावसायिक तथा सामाजिक सङ्घ संस्थामा समेत आवद्ध छन् । इटहरी मारवाडी सेवा समितिका सदस्य रहेका उनी कोशी, मेची, सगरमाथा प्लाइ सङ्घका अध्यक्ष हुन् । रङ्गेली जेसीजका पूर्व अध्यक्षसमेत रहेका उनी उद्योग वाणिज्य सङ्घ इटहरीका आजीवन सदस्य हुन् ।

itahari uba sangh  (1)