जोशी हाइड्रोपावर, फाइल तस्बिर
इलामः इलाम नगरपालिका–४ पुवा खोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी भएको छ ।

मेची राजमार्ग नजिकै रहेको हाइड्रोपावरको टर्बाइनमा एक्कासी आगोको मुस्लो उठेपछि स्थानीय बासिन्दा र कर्मचारीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । इलाम नगरपालिका वडा नं ३ का अध्यक्ष नुतनदेव दुलालका अनुसार हाइड्रोपावरको टर्बाइनमा एक्कासी आगोको मुस्लो उठेपछि नजिकै रहेको खानेपानीको पाइप चुँडालेर सो पानीमार्फत् आगो नियन्त्रणमा लिने प्रयास भइरहेको हो ।

आगो नियन्त्रणका लागि इलाम नगरपालिकाको दमकल घटनास्थलतर्फ लागेको छ । आगो के कारणले लागेको भन्ने यकिन हुन सकेको छैन ।