पथरीः यतिबेला मोरङको उत्तरी क्षेत्रका किसान धान रोप्ने तरखरमा छन् भने दक्षिणी क्षेत्रका किसान चैते धान थन्क्याउन व्यस्त छन् ।किसानहरू धान, मकै लगायतका बाली थन्क्याउन लागेकाले अधिकांश समय उनीहरू खेतमै भेटिन्छन् । तर मौसममा आएको खराबी, कामदारको अभाव, अनि न्यून बजारमूल्यका कारण किसान खुशी हुन भने सकेका छैनन् । सरकारले किसानको समस्यालाई सम्बोधन गर्ला भनेर आश गरेका उनीहरू बजेट वक्तव्यपछि निराश भएको बताउँछन् ।
भाषणमा कृषिको राम्रो कुरा गरे पनि कार्यान्वयनमा आउन नसकेको रङ्गेलीका किसान बताउँछन् । नेपालमा धान उत्पादनको मुख्य क्षेत्र भनेकै मोरङ, झापा र सुनसरी हुन् । यस मध्ये पनि मोरङको रङ्गेली क्षेत्रमा प्रतिबिघा १ सय मनदेखि १ सय २० मनसम्म धान उत्पादन हुने गरेको किसान बताउँछन् ।
तर धानको उचित मूल्य नपाएको रङ्गेलीका किसानको गुनासो छ । पहिले जन (खेताला) लगाएर धानबाली उठाउने किसान अहिले मेसिनको प्रयोग गरेर धान उठाइरहेका छन् । यसो गर्दा काम छिटो हुने भए पनि उत्पादनको उचित बजारमूल्य नहँुदा लगानी उठाउन समेत समस्या हुने बताउँछन् ।
नगरको लगानी न्यून हुनु, भनेको समयमा मलखाद नपाउनुजस्ता कारणले आफूहरू ठूलो मारमा परेको किसानको गुनासो छ ।
खेतको धान जसोतसो थन्क्याउँछन् तर व्यापारीले धान नकिन्दा किसान निराश हुन पुग्छन् । यस क्षेत्रका किसानले नेपाल सरकारले प्रदान गरेको मलखाद त परको कुरा भारतबाट पनि भनेको समयमा मल ल्याउन नपाउँदा उत्पादन लागत बढिरहेको गुनासो गर्छन् ।
भारतमा धान सस्तो मूल्यमा पाइने भएकाले व्यापारीहरूले भारतबाट धान खरीद गर्ने र नेपालमा बेच्ने गरेकाले पनि धान नबिकेको किसानको भनाइ छ । किसान सुरेन्द्रकुमार मण्डलका अनुसार बिचौलियाका कारण किसान ठगिइरहेका छन् ।
खेतको धान जसोतसो थन्क्याउँछन् तर व्यापारीले धान नकिन्दा किसान निराश हुन पुग्छन् । यस क्षेत्रका किसानले नेपाल सरकारले प्रदान गरेको मलखाद त परको कुरा भारतबाट पनि भनेको समयमा मल ल्याउन नपाउँदा उत्पादन लागत बढिरहेको गुनासो गर्छन् ।
भारतमा धान सस्तो मूल्यमा पाइने भएकाले व्यापारीहरूले भारतबाट धान खरीद गर्ने र नेपालमा बेच्ने गरेकाले पनि धान नबिकेको किसानको भनाइ छ । किसान सुरेन्द्रकुमार मण्डलका अनुसार बिचौलियाका कारण किसानहरू ठगिइरहेका छन् ।
नगरसँग छैन किसानमैत्री नीति
रङ्गेली नगरपालिकाले कृषि क्षेत्र र किसानको समस्यालाई सम्बोधन गर्ने खालको कुनै नीति तथा कार्यक्रम तय गरेको छैन ।
कृषिमा नगरको लगानी बढी हुनुपर्ने भए पनि विकास निर्माणमा बढी रकम विनियोजन भएको नगरपालिका पनि स्वीकार्छ ।
‘किसानको कुरामा म पनि सहमत छु,’ नगरपालिकाकी उपप्रमुख केशवकुमारी खरालले भनिन्, ‘हामीले लगानी बढी मात्रामा कृषिमा गर्नुपर्ने हो तर विकास निर्माणलाई पहिलो प्राथमिकता दिएका छौँ ।’ केही वडाले कृषिमा बजेट छुट्याएको उनले बताइन् ।
रङ्गेली नगरपालिकाले यस वर्ष कृषि चुन वितरणका लागि ४५ हजार र कृषक पाठशाला सञ्चालनका लागि २ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिका बाहेक केही वडाले पनि कृषिमा थोरै रकम विनियोजन गरेका छन् ।
धानको मूल्य यसरी निर्धारण हुन्छ रङ्गेलीमा ?
बिचौलियाहरूले किसानको घरमा सस्तोमा धान उठाउने र महङ्गोमा बिक्री गर्ने गरेको पनि पाइएको छ । काँटावालाले भन्दा पनि धानको भाउ राइस मिलले निर्धारण गर्ने गरेको काँटावालाहरू बताउँछन् ।
सुनवर्षी–९ डायनियामा रहेको डि.के टे«डर्स एण्ड सप्लायर्सका सञ्चालक धर्मेशकुमार सिंह बिचौलियाले धानको भाउ निर्धारण गर्ने गरेको बताउँछन् । उनले भने, ‘किसानको पक्षमा बोल्ने मान्छे कोही छैन ।’