फिदिमः जनता बैंकले बिहीबार फिदिमसहित देशका ६ स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

फिदिम शाखाको फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङले उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाबाट ती क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधालगायत सम्पूर्ण आधुनिक बंैकिङ सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।

जनता बैंकको शाखा सञ्जाल ताप्लेजुङदेखि दार्चुलासम्म शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा गरी १ सय ३५ स्थानमा पुगेको छ । यससँगै बैंकले ५० शाखारहित बैंकिङ, १ सीमित बैंकिङ इकाइ, ३ एक्स्टेन्सन काउण्टर तथा १ सय ३ एटीएम सञ्चालनमा आएको बैंकले जनाएको छ ।