इटहरीः आगामी असार १४ गते हुने उद्योग वाणिज्य सङ्घ (उवासंघ)को चुनावमा शैलेश बिस्ट प्यानलको घोषणासभा शुक्रवार हुने भएको छ । शुक्रवार साँझ ५ बजे झम्के गुलेलीका गायक कमलीकान्त भेटवालको सांस्कतिक प्रस्तुतिसँगै गोरखा डिपार्टमेन्ट अगाडि स्काइ प्लाजा पांगणमा घोषणासभा हुने भएको छ ।
आर्थिक समृद्धिको लागी व्यवसाय र व्यवसायको लागी लगानीको लगानीको सुरक्षा नारा दिइएको घोषणा सभामा समावेशी उमेद्वाहरु सार्वजनिक हुने अध्यक्षका उम्मेदवार तथा कार्यवाहक अध्यक्ष शैलेश बिस्टले बताए । आफ्नो प्यानलको घोषणासभाले अध्यक्ष जितेपछि गर्ने विभिन्न कार्यक्रमहरू सार्वजनिक गरिने बिस्टले बताए ।
उनले भने, ‘भन्नमा घोषणा सभा भनिएपनि यो प्रतिबद्धता सभा जस्तै हुनेछ किनभने हामी घोषणा गरिएका कार्यक्रमहरू लागु गर्न र लागु गर्न सक्ने मात्रै मुद्दाहरू लिएर चुनावी मैदानमा छौँ ।’ अध्यक्ष सहित १९ सदस्य शैलेश बिस्ट र भीम पौडेल प्यानल यो पटकको चुनावी भिडन्त गर्दैछन । भीम पौडेल प्यानले गत बुधवार दुर्गा पार्टी प्यालेसमा घोषणा सभा गरिसकेको छ ।
६ हजार हजार हाराहारी मतदाता भएको उवासंघ इटहरीको चुनावमा यो पटक गत वर्ष भन्दा २ हजार बढी मतदाताहरू भएको पहिलो स्वतन्त्र र हाल बिस्ट प्यानलमा उठेका सदस्यका उम्मेदवार देवराज मादेनले बताए ।