इटहरीः अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय इटहरीले सप्तरी जिल्लाको रुपनी गाउँपालिकामा कार्यरत इन्जिनियर विकासकुमार श्रेष्ठलाई घुस रकमसहित बिहीबार पक्राउ गरेको छ ।
उनले झोलुङ्गे पुल निर्माणसम्बन्धी बिल फरफारक गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरिएको अख्तियार कार्यालयले जनाएको छ । कार्यालयका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार उनले सेवाग्राहीसँग लिएको १ लाख रुपैयाँ घुसबापतको रकम उनको डेरामा फेला परेको छ । उनीमाथि अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।