तस्बिरहरूः सुवर्ण शमशेर विष्ट
इटहरीः इटहरी उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वका लागि यति खेर दुइ टीम मैदानमा छन् । भिम पाैडेल नेतृत्वकाे टीमले यस अघी नै टीम सार्वजनिक गरिसकेकाे छ । अाज शैलेसकुमार विष्ट पक्षले एक कार्कक्रमका बीच उम्मेद्वारी घाेषण गरेकाे छ ।
भावि नेतृत्वले लाेकप्रिय नारा लिएर व्यापारीबीच जाने निधाे गरेका छन् । विष्ट पक्षले पनि व्यापारीकाे मत पाेल्टाेमा पार्न यस्ता नारासहितका प्रतिबद्ता लिएर चुनावी मैदानमा उत्रिएकाे छ ।
»रु. १० लाखसम्मको निःशुल्क बीमा गराउने ।
» फोहोर व्यवस्थापनका लागि व्यवसायीहरूलाई डस्टबिन उपलब्ध गराउने ।
» अडिटरको टिम बनाई कारोबार खातालाई व्यवस्थित गर्न समूहगत रूपमा तालिम सञ्चालन गर्ने
। साथै वाणिज्य सङ्घको भवनमा कानुनी परामर्श फाँट स्थापना गर्ने ।
» उद्योग वाणिज्य सङ्घ इटहरी फाउन्डेसन स्थापना गरी भईपरी आउने व्यावसायिक समस्याहरूमा
राहत वितरण तथा पुनस्र्थापना गर्न सहयोग गर्ने ।
» इटहरी बजार साप्ताहिक रूपमा बिहीवार वा शनिवारमध्ये एउटै बार बन्द गराउन लागिपर्ने ।
» सोलार लाइट र सी.सी. क्यामेरा निरन्तर रूपमा अन्य व्यावसायिक केन्द्रहरूमा पनि विस्तार गर्दै लैजाने ।
» घरेलु तथा साना उद्योगीहरूका लागि घरेलु औद्योगिक ग्रामको स्थापना गर्ने ।
» पर्यटन र व्यवसाय प्रवद्र्धन गर्न तुरुन्त रात्रिकालीन बजारको सञ्चालन तथा व्यवस्थापन गर्ने ।
» घरबहाल सम्झौता उद्योग वाणिज्य सङ्घको रोहबरमा गराउने साथै घरबहाल करसम्बन्धी
समस्याको निरन्तर समाधान गर्ने ।
» स्थानीय रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन र युट्युब च्यानलमार्फत व्यवसायीहरूका लागि करलगायत व्यवसायसँग सम्बन्धित उपयोगी तालिम र कार्यक्रम सञ्चालन गर्ने । साथै इटहरीका
सम्पूर्ण व्यवसायीहरूको डिजिटल रेकर्ड तयार गरिने । चुनावपछि लगत्तै आफ्नै वेबसाइट निर्माण गरी सम्पूर्ण गतिविधिहरूलाई त्यसमार्फत सार्वजनिक गर्ने ।
» खेलकुदमा लाग्नुभएका व्यवसायीहरूको रुचि हेरी खेलकुदसम्बन्धी गतिविधि गर्ने । साथै अन्य प्रतिभा भएका व्यवसायीहरूलाई प्रोत्साहन गर्ने ।
» युवा व्यवसायीहरूको व्यवसाय प्रवद्र्धन तथा समृद्धिका लागि युवा स्वरोजगार कार्यक्रम ल्याउने । युवा व्यवसायी समन्वय समिति गठन गर्ने ।
» उद्यमशील महिलाहरूका लागि उत्पादनमूलक तालिमको व्यवस्था गरी आर्थिक रूपमा सबल गराउने । गृहिणी महिलाहरूका लागि उद्यमशीलता तालिम सञ्चालन गरी स्वरोजगार बनाउन काम गर्ने ।
» प्रत्येक वर्ष महोत्सव तथा एक्सपो, रोजगार मेला, महिला तीज विशेष कार्यक्रम साथै महिला उद्यमीहरूको मेलाको आयोजना गर्ने ।
» उद्योग वाणिज्य सङ्घ इटहरीको विधान पुनर्लेखन गराई निर्वाचनका लागि मात्र व्यवसायी बन्ने गलत प्रक्रिया र परम्पराको अन्त्य गर्दै राजनैतिक छायामुक्त व्यावसायिक सङ्गठन बनाउने ।
» उद्योग वाणिज्य सङ्घ इटहरीको वार्षिक कार्ययोजना क्यालेन्डर बनाई व्यवसायीका घरदैलामा पु¥याउने ।
» उद्योग वाणिज्य सङ्घ इटहरी शाखा कार्यालय तरहरा र खनारको भवन निर्माणमा सहयोग गर्ने साथै पकली क्षेत्रका व्यवसायीहरूका लागि आवश्यकता हेरी सम्पर्क कार्यालय स्थापना गर्न पहल गर्ने ।
» सम्पूर्ण वस्तुगत सङ्घहरूलाई उद्योग वाणिज्य सङ्घको भवनमा कार्यालयका लागि कोठा उपलब्ध गराउने ।
» चौरस्ताको रूपमा रहेको महानगर उन्मुख इटहरी उपमहानगरपालिकामा रहेको उद्योग वाणिज्य
सङ्घले प्रादेशिक र केन्द्रीय बजेट तथा आर्थिक नीति निर्माणमा आफ्नो भूमिका खोज्दै प्रभावकारी
रूपमा काम गर्ने