यति मरियो अब अरु मरिने नि ठाउँ छैन
खरानीको फेरि फेरि सल्किने नि ठाउँ छैन ।

यस्तो अवस्थामा पुगेँ जहाँबाट तिमीलाई,
सम्झिने नि ठाउँ छैन बिर्सिने नि ठाउँ छैन ।

हलुङ्गेको पुरानो कित्ली जस्तै भएको छु,
जसको अब शरीरमा कुच्चिने नि ठाउँ छैन ।

भोकै थिएँ पछिल्ला म केही दिनरातदेखि,
के गर्नु र जुलुङोको लुटिने नि ठाउँ छैन ।

लुछ्नु होला हात कोही, पाउ काट्नुहोला कोही
अब मेरो बाँकी आँगन खनिने नि ठाउँ छैन ।