विराटनगरः प्रदेश एक सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्व २० करोड ४ लाख १२ हजारको बजेट विनियोजन गरको छ । प्रदेश एक सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आबोले आज संसदमा प्रस्तुत गरेको उक्त बजेटको ४३ प्रतिशत चालुु खर्चका लागि विनियोजन गरिएको हो ।
कुल विनियोजन मध्ये चालुतर्फ १८ अर्व ५४करोड ६४ लाख ७६ हजरआर्थात४३.९३ प्रतिशत र पुजिगततर्फ २३ अर्व ३९ करोड ३९ लाख ३४ हजार आर्थत ५५.९ प्रतिशत रकम छुट्याएको छ ।
वित्तिय व्यवस्थापन ८ करोड र अन्तरसरकारी हस्ताण्तरण अन्तर्गत ९९ करोड ९९ लाख विनियोजन गरिएको छ । सडक तथा पुला पूर्वाधारका लागि ८ अर्व विनियोजन गरिएको छ ।
बजेटमा कृषिलाई उच्च प्राथमिकतमा राखिएको छ । जसका लागि कृषि, पशुुपंक्षी एवम सहकारीका लागि ४ अर्व बजेट विनियोजन गरिएको छ । पर्यटन क्षेत्र विकाका लागि १अर्व ६६ करोड, बन तथा वातावरणका लागि १ अर्व २० करोड, सिँचाइ एवम नदी नियन्त्रण्का लागि ३ अर्व २० करोड र शिक्षा एवंम स्वास्थ्यका लागि क्रमश १ अर्व २८ करोड र १ अर्व ७ करोड रकम विनियोजन गरेको छ ।
त्यस्तै विभिन्न लोकलिप्रया कार्यक्रम अन्तर्गत ९० वर्ष कटेका बृद्ध व्यत्तिःका लागि महिनाको ५ हजार सामाजिका सुरक्षा भत्ता उपलब्धगराइने छ । त्यस्तै प्रदेश सरकार अन्तर्गतका कार्यालयमा काम गरेर १ वर्ष पुरा गरेका कर्मचारीलाई भ्रमण खर्च वापत २५ हजार र भ्रमण बिदा ६दिन दिने व्यवस्था गरिने छ ।
चालु आर्थिक वर्षका लागि विनियोजित अघिल्लो बजेट ३५ अर्व ९३ करोड रहेको थियो । प्रदेश एक सरकारको पुुँजिगत खर्च १९ प्रतिशतमात्र भएको छ ।