फाइल तस्बिर

झापाः भद्रपुर भन्सार कार्यालय झापाले १० महिनाको लक्षित राजस्व भन्दा बढी राजस्व ९ महिनामा नै उठाएको छ । यस अघि मेची भन्सार कार्यालय काँकरभिट्टा अन्तर्गत छोटी भन्सारको रूपमा रहेको भद्रपुर भन्सार कार्यालय ९ महिना अघिमात्र मुख्य भन्सार कार्यालयको रूपमा स्थापित भएको हो ।

arena tv add २०७५ भदौ १९ गते अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भद्रपुर भन्सार कार्यालयको उद्घाटन गरेका थिए । चालु आर्थिक वर्ष २०७५÷०७६ को असोज महिनादेखि भन्सार विभागले प्रत्येक महिना १ करोड ५० लाख रुपैयाँका दरले असार मसान्तसम्ममा १५ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो ।

तर, विभागले दिएको समय सीमा सकिन १ महिना बाँकी रहँदा कार्यालयले १५ करोड २३ लाख ३२ हजार ३५ रुपैयाँ राजस्व सङ्कलन गरेको भन्सार अधिकृत फणिन्द्र खतिवडाले जानकारी दिए । सङ्कलन भएको राजस्व १० महिनको लक्ष्यको तुलनामा २३ लाख ३२ हजार ३५ रुपैयाँले बढी हो ।