उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनको मिति नजिकिँदै गर्दा एकअर्कामा अरोपप्रत्यारोप बढिरहेको छ । आफ्ना एजेण्डाहरूलिएर उम्मेद्वारहरू हरेक सटरमा पुगिरहेका छन् ।

आफ्नो टिमको भावी योजना र विगतमा आफूहरूले गरेका कामको बारेमा व्यापारीलाई जानकारी गराउन उनीहरू लागिरहेका छन् । लोकतान्त्रिक र वामपन्थीधारमा छुट्टिएको व्यापारिक निर्वाचनले राजनीतिक रङ धारण गरिसकेको छ । दुवै टिमका उम्मेद्वारलाई अहिले भ्याइनभ्याइ भइरहेको बेला सङ्घका वर्तमान अध्यक्ष लीलम बस्नेतको सक्रियता भने देखिएको छैन ।

बहालवाला अध्यक्ष अधिवेशन गराउने देखिबाहेक अन्य गतिविधिमा नदेखिनुलाई धेरैले आश्चर्यको  रूपमा लिन थालेका छन् । यसै विषयमा र उद्योग वाणिज्य सङ्घको आगामी कार्यसमितिले गर्नैपर्ने कामकारबाहीको विषयमा  बस्नेतसँग विनय बाह्रकोटी ले  गरेको कुराकानीः

निर्वाचनको माहोल पेचिलो बन्दै गएकोछ । तर तपार्इँको सक्रियता खासै देखिँदैन नि ?
म सक्रिय नभएको भने होइन । केही दिन अगाडि यस्तै व्यावसायिक सभामा सहभागी हुन म देश बाहिर गएको थिएँ । भर्खरै आइपुगँे । मेरो जिम्मेवारी भनेको निष्पक्ष र धाँदलीरहित ढङ्गबाट निर्वाचन गराउने हो । त्यो म जसरी पनि गर्छु । म साझामान्छे हुँ । दुवै प्यानललाई मिलाएर निर्वाचन गराउने काममा लागेको छु । यो व्यापारिक चुनाव भएकोले दलको जस्तो खुलेरै हिँडिहाल्नुपर्ने अवस्था हुँदैन ।

तपाईँले व्यापारीको चुनाव त भन्नुभयो । तर अहिलेत राजनीतिक दलको प्रतिष्ठाको रूपमा निर्वाचनहुने र त्यसै अनुसार प्रचारप्रसार भइरहेका छन् नि !
म सुन्दैछु भीम पौडेलजीको प्यानलबाट रोहितजी र हेमकर्णजीले भाषण गर्दै हिँड्नुभयो रे । अहिले व्यापारीको नेतृत्व गर्न सक्ने उम्मेद्वार छान्ने चुनाव हो । कुनै राजनीतिक दलको प्रतिनिधि छान्ने चुनाव होइन । अहिले म प्रदेशसभा सदस्य पनि भएकाले मैले खुलेर हिँड्ने अवस्था छैन । दलगत रङ दिइयो भने व्यापारीलाई नै समस्या हुन्छ ।

अहिले गैरव्यापरी अर्थात फेक मतदाताको सङ्ख्या बढिरहेको गुनासो आइरहेका छन् । अनि कसरी हुन्छ निष्पक्ष निर्वाचन?
सत्य हो । गैर व्यापारी आइरहेका छन् । अब यसलाई नियमन गर्न सक्ने अवस्थापनि छैन । विधानमा नै पानमा दर्ता भएपछि भोट हाल्न पाउने व्यवस्था छ । सबैले पानमा दर्ता गराएकै छन् । तर यसले अर्को समस्या निम्तिन सक्छ । अहिले भोटको लागि दर्ता भएका व्यापरीहरू भोलि कर तिर्नुपर्ने बेला र फर्म बन्द गर्नुपर्ने बेलामा समस्यामा पर्न सक्छन् । त्यसैले मैले शुरुमै भनेको थिएँ । यस्तो गतिविधि गर्दै हुनुहुन्छ भने रोक्नुस् । निर्वाचन पारदर्शी ढङ्गले चलाऊँ भनेर भनेको थिएँ ।

अहिले हालका वरिष्ठ उपाध्यक्ष शैलेश बिष्ट र भीमबहादुर पौडेल प्रतिष्पर्धामा हुनुहुन्छ । प्रतिष्पर्धा कस्तो देख्नुहुन्छ ? 
वास्तवमै प्रतिष्पर्धा राम्रै हुने देखिन्छ । तथापि मैले आफैँ वरिष्ठ उपाध्यक्ष बनाएको र कार्यवाहक अध्यक्ष पनि चलाइसकेकाले शैलेशजीले नेतृत्व गर्न सक्नुहुन्छ भन्ने मलाई लाग्छ । उहाँले राम्रोसँग उद्योग वाणिज्य सङ्घ हाँक्न सक्नुहुन्छ ।

तपार्इंले साथ दिएको टिमको घोषणापत्रमा प्रतिष्पर्धीको आलोचना गरेको पाइयो । के यसमा तपार्इंको सहमति छ ?
छैन ।घोषणापत्र भनेको आगामी दिनमाआफूले गर्ने कामको बारेमा जानकारी गराउने दस्ताबेज हो । म त भन्छु कसैले पनि कसैको अलोचना नगरौँ। आफ्ना एजेण्डा राखेर निर्वाचनमा जाऔँ । यो आलोचना गर्ने ठाउँ होइन ।
यहाँ सहयोग गर्ने र व्यवसायीलाई पर्ने मार्कामा काम गर्ने हो । शैलेशजीको घोषणापत्रमा भीमजीको बारेमा लेख्न आवश्यकता थिएन । आफ्नो घोषणापत्रमा आफ्नो कुरा लेखिन्छ । आफ्नो प्रतिद्वन्द्वीको बारेमा लेख्न जरुरी छैन । त्यो लेख्नु गलत हो भन्छु म । 

तपाईं आफ्नो कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?
मूलतः मेरो कार्यकालमा उद्योग वाणिज्य सङ्घ इटहरीले इतिहासमै गर्न नसकेको काम ग¥यो । भवन निर्माण सम्पन्न ग¥यो । कार्यालय व्यवस्थापनग¥यो ।बजारकाव्यापारीलाई सुरक्षित व्यापारको वातावरणनिर्माणग¥यो ।सीसीक्यामेरा जडानदेखि स्ट्रिट लाइट जडान सम्मका काम गरेका छौँ । धेरै ठूला उद्योगलाई पनि उद्योग वाणिज्य सङ्घ मातहत ल्याएका छौँ ।

अबको समितिको जिम्मेवारी के हुन सक्छ?
अब हामी पसलमा मात्रहोइन खेतमा पनि पुग्नुपर्छ । कृषिमा पनि हामीले सङ्घलाई बिस्तार गर्नुपर्ने हुन्छ । साना व्यवसायलाई प्रमोसन गर्नुपर्छ । इटहरी चोकमा मात्र होइन गाउँमा पुगेर पनि सेवा दिन सक्नुपर्छ । पूर्वाधार निर्माण र सफा नगर बनाउनको लागि काम गर्न सक्छ ।