पथरीः पथरी नगरपालिकाले व्यावसायिक कृषि फर्महरूलाई घाँस र पराल काट्ने १० वटा विद्युतीय च्याफ कटर वितरण गरेको छ ।
नगरको आर्थिक विकास शाखा अन्तर्गत पशुपंक्षी शाखाले ७५ प्रतिशत अनुदानमा बुधबार च्याफ कटर वितरण गरेको हो ।
नगर प्रमुख दिलीपकुमार राई र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले च्याफ कटर वितरण गरेको पशुपंक्षी शाखाका पशु सेवा प्राविधिक पर्वत शाहले बताए ।
च्याफ कटरका लागि नगरपालिकाको २ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको जनाएको छ ।