पथरीः सर्वोच्चअदालतको निर्णय, नगरसभा सदस्यहरूको दुई तिहाईको निवेदन र सर्वदलीय राजनीतिक सहमतिलाई कार्यान्वयननगरेको भन्दै मोरङको पथरी शनिश्चरेवासीले अझै अटेर गरे चरणबद्धआन्दोलनगर्ने चेतावनीदिएकाछन्
सर्वाेच्चअदालतले समेत नगरपालिकाको केन्द्र पथरीशनिश्चरे १० स्थितभुटानी शरणार्थी शिविरमा राख्ने आदेश दिएपनिविभिन्नबहानामा केन्द्रलाई पथरीशनिश्चरे–१ मै राख्नलागिएको स्थानियवासीले आरोप लगाएकाछन् ।
नगरपालिकाकाघोषणाहुँदैदेखि नयाँ केन्द्र र भवननिर्माणको विषयमाविवादहुँदै आएको छ ।
तत्कालीनपथरी र शनिश्चरे गाविसलाई मिलाएर पथरीशनिश्चरे नगरपालिकाबनेको थियो । पछिहसन्दहको केहीवडामिलाएर १० वटावडा रहेको नगरपालिकाबनेको हो ।
शनिबार भुटानी शरणार्थी शिविरमा सर्वाेच्चअदालतको फैसलाकार्यान्वयन गराउनमागगर्दै सङ्घर्ष समितिले पत्रकार सम्मेलनआयोजना गरेर विभिन्नबहानामानगरपालिकाको केन्द्र अन्यठाउँमा राख्ननहुने बताएको हो ।
पत्रकार सम्मेलनमाबोल्दै सङ्घर्ष समितिका संयोजकपर्शुरामकार्कीले यो र त्योबहानामानगरपालिकाको केन्द्र तोकिएभन्दाबाहिर स्वीकार गर्न नसकिने बताए ।
उनले भने, ‘नगरपालिकाघोषणाअघि नै नगरपलिकाको केन्द्रबारे सबै ठाउँबाटनिर्णय भइसकेकाले नगरपालिकाको केन्द्र तोकिएकै ठाउँमाहुनुपर्ने हाम्रो अडानहो ।’ नगरपालिकाको केन्द्र भुटानी शरणार्थी शिविर रहेको ठाउँउपयुक्तभएको समेत कार्कीको भनाइ छ ।
पत्रकार सम्मेलनमावितरित प्रेसविज्ञप्तीमा २०६८ साउन ३२ गते साविक पथरी गाविस र शनिश्चरे गाविसका राजनीतिकदलको सर्वदलीयनिर्णयअनुसार केन्द्र साविकशनिश्चरे–१ को शरणार्थी शिविरमा रहने र पथरी गाविसबाट७ओटावडा र शनिश्चरे गाविसबाट८ ओटावडानिर्धारणगरीनगरपालिकाघोषणागर्ने सहमतिभएको जनाइएको छ ।
भौतिक संरचनानिर्माणनहुञ्जेल साबिकपथरी गाविसको कार्यालयलाई नै नगरपालिकाको केन्द्र बनाउने सहमतिभएको थियो ।पछि प्रस्तावित स्थानमा केन्द्र राख्ने निर्णय कार्यान्वयननभएको सङ्घर्ष समितिको भनाइ छ ।
२०७२ बैशाख २५ गते नेपालका७२ ओटानगरपालिकाघोषणाहुँदापथरीशनिश्चरेलाई पनिनगरपालिकाघोषणागरिएको थियो ।
सङ्घर्ष समितिकाअनुसार तत्कालीनमोरङजिल्लाकाप्रमुखजिल्लाअधिकारी गणेशराजकार्की र स्थानीयविकास अधिकारी नारायणप्रसाद मैनालीको उपस्थितिमाभएको सर्वदलीय सहमतिले समेत नगरपालिकाको केन्द्र तोकिएकै स्थानमा राख्नुपर्ने निर्णय गरेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै सङ्घर्ष समितिका सदस्य भगत थपलियाले पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधिका कारण नै हालसम्म पनि नगरपालिकाको केन्द्र तोकिएकै स्थानमा राख्न अलमल भएको आरोप लगाए ।
सङ्घर्ष समितिका सदस्यगंगा साम्बाले सहमति र अदालतको निर्णय नगरपालिकाले कार्यान्वयननगरे नगरपालिकापुनः छुट्टिन सक्ने चेतावनीदिए ।
पथरीशनिश्चरे नगरपालिकाको वडानम्बर १ पथरी बजारभित्र रहेको छ । उक्तजग्गानगरपालिकाको लागि साँघुरो भएपछिनयाँ स्थानमालानखोजिएको हो । हालसञ्चालनमा रहेको र सार्न खोजिएको स्थानको दूरी बढीमा ३ किलोमिटररहेको स्थानीय प्रेम ढकालले बताए ।
पुनरावेदनअदालतविराटनगरले २०७१ असार ३ गते नगरपालिकाको कार्यालय भुटानी शरणार्थी शिविरमा राख्न अन्तरिम आदेश जारी भएको विज्ञप्तीमा जनाइएको छ ।
त्यसैगरी विज्ञप्तीमा विभिन्न मितिमा पुनरावेदन अदालत तथा सर्वाेच्च अदालतले पनिआदेश दिएकाले अदालतको मानहानीनगर्न आग्रहगरिएको छ
राज्यपुनर्संरचनाआयोगले पथरीशनिश्चरे नगरपालिकामातत्कालीनहसहन्दगाविस समेत मिलाई १० ओटावडाबनाएको र केन्द्र पथरीशनिश्चरे १० भुटानी शरणार्थी शिविर क्षेत्रमा राख्ने निर्णय गरेकाले सो निर्णय मान्न समेत आग्रहगरिएको छ ।
यसैबीचनगरपालिकाले नगरपालिकाको केन्द्र कहाँ राख्नेभन्ने विषयमा सुझावलिनउपमेयर यमुनाबिष्टबास्तोलाको संयोजकत्वमा समितिनिर्माण गरेको छ ।
समितिले भदौ १० गते सम्ममाप्रतिवेदन प्रस्तुतगर्ने छ । यसैबीचप्रदेश सरकारले नगरपालिकाको केन्द्र राख्ने भनेको स्थानमाआदिवासीजनजातितथाधार्मिक सङ्ग्रहालयनिर्माणकालागि १ करोड ५० लाखविनियोजन गरिसकेको छ ।
सोही स्थानमा खेल मैदाननिर्माणगर्न पनिप्रदेश सरकारले बजेट विनियोजन गरेको छ । सङ्घर्ष समितिले भने भुटानी शरणार्थी शिविरभित्रकिरात राई यायोख्खाले चर्चेको १ बिघा १०कठ्ठाजग्गामानगरपालिकाको केन्द्र राख्नजग्गाखोजीगरिएको र सबै प्रक्रिया पूरा गरेको बताएको छ ।