विराटनगरः विराटनगर महानगरपालिकालेअाउँदाे अार्थिक वर्षका लागि ५ अर्ब १२ करोड ३० लाख ९० हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेकाे छ । नगरकाे चाैथाे नगरसभामा उपमेयर इन्दिरा कार्कीले अार्थिक वर्ष २०७६,७७ का लागि उक्त अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

कार्कीद्वारा प्रस्तुत बजेटमा महानगरकाे अान्तरिक स्राेतबाट झण्डै ६० कराेड उठ्ने लक्ष्य राखिएकाे छ । त्यस्तै संघीय सरकार र प्रदेश सरकार मार्फत क्रमशः ३९ कराेड,४७ कराेड प्राप्त हुने अनुमान गरिएकाे छ ।  त्यस्तै संघ र प्रदेशकाे अन्य कार्यालयमार्फत अाउने रकमकाे समेत ठुलाे अपेक्षा बजेटले गरेकाे छ ।

प्रदेशकाे एक्लाे महानगर विराटगनरले  ३ अरब २९ करोड ४९ लाख तथा मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजनातर्फ १ अर्ब ८२ करोड ८१ लाखको बजेट राखिएकाे उल्लेख छ ।